विराटनगरले दियो ११८ रनको लक्ष्य, काठमाडौंलाई ठूलो जित आवश्यक

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई १ सय १८ रनको लक्ष्य दिएको छ । आइतबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको हो ।

अब काठमाडौं ब्याटिङमा उत्रिँदैछ । प्लेअफको सम्भावना कायम राख्न काठमाडौंलाई यस खेलमा ठूलो जित आवश्यक छ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ । खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *