टर्किएले दमास्कसमा दूतावास पुनः खोल्यो
मकालु खबर
२०८१ मंसिर ३० गते
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार सिरियाको राजधानी दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको घोषणा गरेका छन् । आफूहरु सिरियाका जनताको देशको पुनर्निर्माण र पुनः प्राप्तिको प्रयासमा साथमा उभिने प्रतिवद्धता समेत व्यक्त गरे ।
एर्दोगानले पूर्वी टर्कियाको शहर एर्जुरममा आयोजित प्रान्तीय पार्टीको सम्मेलनमा यस्तो घोषणा गरेका छन् । अंकाराले यस हप्ताको शुरुमा मोरिटानियाका लागि टर्कीका राजदुत बुरहान कोरोग्लुलाई दमास्कसस्थित टर्की दुतावासमा कार्यवाहक चार्ज डी अफेयर्सको रूपमा नियुक्त गरेको थियो ।
शनिबार एनटिभीले दमास्कसस्थित दूतावासमा फेरि टर्कीको झण्डा फहराइएको जनाएको छ । टर्किएले सिरियाली गृहयुद्धको बीचमा बढ्दो हिंसालाई उद्धृत २०१२ मा दमास्कसमा आफ्नो दुतावास बन्द गरेको थियो ।
मकालु खबर
२०८१ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित