पोखरामाथि सुदूरपश्चिमको जित, क्वालिफायर खेल्ने सम्भावना

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित निकालेको छ ।

आइतबार भएको खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले शानदार जित दर्ता गरेको हो ।

जितका लागि १ सय ५४ रनको लक्ष्य पाएको पोखराले निर्धारित १९.४ ओभरमा विकेट गुमाउँदै १ सय ४८ रन मात्रै बनाउन सक्यो ।

जितसँगै सुदूर ६ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले प्लेअफमा पनि स्थान पक्का गरेको छ ।

यससँगै सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ ।

सुदूरपश्चिमले अन्तिम ओभरमा जित दर्ता गर्न सफल भयो । पोखरालाई अल आउट गर्न सुदूरपश्चिमका स्कट कुग्गेलिजनले शानदार बलिङ गरे ।

पोखराका लागि एन्ड्रिज गोसले सर्वाधिक ३६ रन जोडे । रेमन रेफरले ३३ र किरण ठगुन्नाले ३२ रनको योगदान दिए ।

दिनेश खरेलले १५ रन बनाए भने जेन मलिकले १० रन बनाएर आउट भए । माइकल लीस्कले ५ रन जोड्दा दिलीप नाथले १ रन थपे । सागर ढकालले पनि १ रनको योगदान दिए ।

कप्तान कुशल भुर्तेल, सुदीप अर्याल र विपिन खत्रीले खाता समेत खोल्न सकेनन् । पोखराले १५ रन अतिरिक्त पाएको थियो ।

बलिङमा भने सुदूरपश्चिमका स्कट कुग्गेलिजनले शानदार प्रदर्शन गरे । उनी एक्लैले ५ विकेट लिए । हरमित सिंहले २ विकेट लिँदा सैफ जैबले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा १ छक्काको सहयोगमा २० रन जोडे । विनोद भण्डारी १४ रन जोड्दै आउट भए ।

हर्मित सिंहले १३ रनको योगदान दिए । सैफ जैबले ९ रन जोडे । इशान पाण्डे १० रन बनाउँदै रिटार्यट आउट भए ।

स्कट कुग्गेलिजनले २ रन थपे भने नरेश बुढायर ६ रनमा नट आउट रहे ।

बलिङमा भने पोखराका लागि कप्तान कुशलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *