फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मकालु खबर
२०८१ पुस १ गते
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित