लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : उर्जामन्त्री

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताएका छन् ।

मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको बताएका हुन् । मन्त्री खड्काले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरूप पुस महिनादेखि नै खरिद गरिने बताए ।

उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत् पुस महिनाबाट खरिद गर्न लागिएको बताए । उनले सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको बताए ।

मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यकर्ता बनाएको बताए । उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताए ।

उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए । उनले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताए ।

उनले भने ‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग वृहत् छलफल भएर सुख्यायाममा साढे ६ सय मेगावाट विद्युत् खरिद गर्ने निर्णय भयो । पुस देखि लागू गर्दछौँ । गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भयो । क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएका छौं । विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ । गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने छ । सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यकर्ता बनाएका छौं । बेलुका साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ । भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ । उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौँ । यसरी विद्युत् माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ । केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ । तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ । नेपालले ९ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेका थियौँ । साढे ६ सय मेगावाट आपूर्ति गर्ने भयौँ । नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने भयो । यसले विद्युत् सप्लाइलाई खासै ठूलो असर पर्दैन ।’

उनले भारतबाट नेपालले ९ सय मेगावाटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावाट आपूर्ति गरिने बताए । उनले नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *