‘वेद इन्टरनेशनल एजुकेशनल’ ले १४औ वार्षिक उत्सवको अवसरमा विशेष कार्यक्रम गर्दै
काठमाडौँ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था ‘वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी’ले आफ्नो १४औ वार्षिक उत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
वेद इन्टरनेशनलले वि.सं २०१० साल देखी विभिन्न गन्तव्यहरूमा नेपाली विद्यार्थीलाई अध्धयनको लागि पठाउँदै आइरहेको छ । साथै आईईएलटीएस तयारी कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
१४औ वार्षिक उत्सव विशेष कार्यक्रम भएकोले यसलाई ‘भिड फोर एभर’ भनेर छुट्टै नाम पनि दिएको वेद इन्टरनेशनलले जनाएको छ ।
कम्पनीले आफ्नो १४औ वार्षिक उत्सवको १५ दिन अगाडिदेखि नै एउटा अभियान चलाउन लागेको हो । जस अन्तर्गत ४ ओटा क्रियाकलापहरू रहेको वेद इन्टरनेशनलले जानकारी दिएको छ । उक्त क्रियाकलापहरू निम्न अनुसारका छन् ।
४ देशको प्रतिनिधि सम्मेलन :
वेद इन्टरनेशनलले यस अभियानमा युके , युएसए , क्यानडा र अस्ट्रेलिया गरि ४ देशहरूबाट विश्वविद्यालयका प्रतिनिधिहरू आउने जानकारी दिएको छ ।
फोर फेमिलि फेस्ट –भिसा प्रदान गरिएको विद्यार्थीको परिवार :
यस कार्यक्रममा वैदेशिक अध्ययनका लागि जान भिजा लागिसकेको विद्यार्थीको अभिभवकसंग चियापान गरिनेछ । कार्यक्रमका अन्त्यमा उपस्थीत सबैजनालाई मायाको चिनो प्रदान गरिनेछ ।
सबै विद्यार्थीहरूको लागि निःशुल्क मक टेस्ट परीक्षण :
वेद इन्टरनेशनलले यस अभियान अन्तर्गत सबै विद्यार्थीहरूको लागि निःशुल्क मक टेस्ट परीक्षणको व्यवस्था गरेको छ ।
साथै यस अवसरमा वेद इन्टरनेशनलले अहिले आईईएलटीएस कक्षा लिइरहेका विद्यार्थीहरूका लागि ४ ओटा निः शुल्क मक टेस्ट गर्नेछ ।
फोर फन गतिविधि, फोर पुरस्कार :
वेद इन्टरनेशनलले फोर फन गतिविधिहरू सञ्चालन गर्नुका साथै फोर गेम पुरस्कारहरूको पनि व्यवस्था गरेको छ । जसमा बन्जी जम्प, चितवन र सौराहाको लागि उडान टिकटहरू, जिप लाइन टिकट र परिवारको लागि चलचित्र टिकट प्रदान गर्नेछ ।
साथै वेद इन्टरनेशनलले १४औ वार्षिक उत्सवको अवसरमा निःशुल्क आईईएलटीएस तयारी कक्षाहरूको पानी व्यवस्था गरेको छ ।