मंगलबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
मकालु खबर
२०८१ पुस २ गते
काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
मकालु खबर
२०८१ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित