शहर सामान्य भएसँगै सिरियाली विद्यार्थी विद्यालय फर्किए
मकालु खबर
२०८१ पुस २ गते
काठमाडौं । पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेपछि पहिलो पटक सिरियाको राजधानी दमास्कसमा बालबालिकाहरू कक्षा कोठामा फर्किएका छन् ।
विद्यालयको पोशाकमा विद्यार्थी स्थानीय विद्यालयमा पुगेका हुन् । विश्वविद्यालयहरूले पनि आफ्ना ढोकाहरू फेरि खोलेका छन् ।
केही प्रशासनिक कर्मचारीहरू र प्राध्यापकहरू उनीहरूको कार्यालयमा फर्केका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकारले शैक्षिक प्रक्रियाको निरन्तरता सुनिश्चित गर्न शैक्षिक संस्थाहरु पूर्ण रुपमा तयार रहेकोमा जोड दिएको छ ।
मकालु खबर
२०८१ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित