नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य
मकालु खबर
२०८१ पुस २ गते
काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोड्यो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा २५ रन बनाइन् ।
एलिशा कुमारी यादवले आक्रामक ब्याटिङ गरिन् । उनले ९ बलमा मात्रै २० रन बनाइन् । उनले ४ चौका प्रहार गरिन् ।
साना प्रवीणले ९,सोनी पाखरिनले ८ र ज्योत्स्निका मरासिनीले ६ रनको योगदान दिइन् ।
सावित्री धामीले र रचना कुमारी चौधरीले समान ३–३ रन जोडिन् ।
अनु कडायत र कुसुम गोदारले समान १–१ रन बनाउँदा सीमाना केसी शून्य रनमा आउट भइन् ।
बलिङमा भने भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन् । उनले ४ ओभरमा १२ रन मात्रै खर्चिएर ४ विकेट लिएकी हुन् ।
आनन्दिता किशोर र मिथिलाले समान १–१ विकेट लिइन् ।
मकालु खबर
२०८१ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित