प्रेस विज्ञप्ति

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबिच Alipay+ मार्फत अन्तर्देशीय QR भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग Alipay+ नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रुपमा अन्तर्देशीय QR भुक्तानी गर्न सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरू र Alipay+प्रयोगकर्ताहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका NEPALPAY QR तथा यसका interoperable QR सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *