जनकपुरले सुदूरपश्चिमलाई दियो १ सय ४० रनको लक्ष्य
काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो ।
जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन जोडे । शुभ कंसाकारले २६ रन जोडे । लाहिरु मिलन्था र हर्ष ठाकरले समान १२–१२ रन बनाए ।
आसिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए । मोहम्मद मोहसिन र शेर मल्लले समान ३–३ रन बनाए ।
आकाश त्रिपाठी ४ रनमा नट आउट रहँदा किशोर महतोले २ रनको योगदान दिए ।
बलिङमा भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । सैफ जैबले २ विकेट लिए । स्कट कुग्गेलिजन र अभिनाश बोहराले समान १–१ विकेट लिए ।
यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।