थुनामा रहेका दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश
मकालु खबर
२०८१ पुस ३ गते
काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
सर्वोच्चले व्यवसायी प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो ।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
उनका छोरा नीराजन प्रसाईँले गैर कानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित अदालतमा उपस्थित हुन भनेको हो ।
प्रसाईँ गत मङ्गलवार भक्तपुरस्थित आफ्नो निवासबाटै पक्राउ परेका थिए । उनीमाथि साइवर अपराधसहित विभिन्न मुद्दामा अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित