नेपाल लाइफद्वारा ७५% ब्याज छुट अभियान सार्वजनिक
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पौष १ देखि पौष २६ सम्ममा व्यतीत बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशत सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ ।
यस छुट अभियानका मुख्य उद्देश्य आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउनु रहेको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले यस अभियानका माध्यमबाट आफ्ना ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकहरूको व्यतीत बीमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिने, ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने जनाएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको जनाएको छ ।