एसिसी यु-१९ महिला एसिया कपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालको यु-१९ महिला क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यु-१९ महिला एसिया कपको सुपर ४ चरणमा आज श्रीलंकाको सामना गर्दैछ । खेल मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपाल र श्रीलंका दुवै टोली आ-आफ्नो समूहको शीर्ष दुई स्थानमा रहँदै सुपर ४ मा प्रवेश गरेका छन् । नेपालले समूह चरणमा पाकिस्तानलाई पराजित गरेको थियो भने भारतसँगको खेल वर्षाका कारण रद्द भएको थियो । उता श्रीलंकाले मलेसियालाई हराए पनि बंगलादेशसँग पराजित भएको थियो ।

पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले सुपर ४ सम्मको यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

नेपालले सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यस चरणमा रहेका चार टोली-भारत, नेपाल, श्रीलंका, र बंगलादेश-ले उपाधिका लागि शीर्ष दुई स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन् । सुपर ४ बाट शीर्ष दुई टोलीले आइतवार फाइनल खेल्नेछन् ।

एसिया कपमा नेपालको सहभागिता यस क्षेत्रबाट आगामी जनवरीमा मलेसियामा आयोजना हुने यु-१९ महिला विश्व कपमा छनोट भएपछि सुनिश्चित भएको हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ, जहाँ उसको प्रतिस्पर्धा अष्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्डसँग हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *