युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : शिक्षा मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताएकी छन् ।

बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । उनले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताइन् ।

उनले नेपाली वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताउँदै विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको उल्लेख गरिन् ।

उनले भनिन्,‘नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौति हाम्रोसामु छ । हामीले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्नेछ । अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्नेछ । हाम्रा वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्नेछ । दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन हामीले हाम्रा युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्नेछ । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेका छौँ । हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको छन् ।’

मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरुको आविष्कारमा निर्भर रहेकामा जोड दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *