अण्डाको मूल्यमा वृद्धि,प्रतिक्रेट ५ सय पुग्यो
मकालु खबर
२०८१ पुस ४ गते
काठमाडौं । कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ । भोलि शुक्रवारदेखी लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ ।
संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिक्रेट पुगेको छ ।
चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको संघले जनाएको छ ।
मकालु खबर
२०८१ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित