एनपिएल फाइनल : शनिबार सुदूरपश्चिम र जनकपुरको निर्णायक भेट, कसले जित्ला उपाधि ?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुरुवातदेखि नै चर्चामा रह्यो । भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जिमी नीशमदेखि इंग्ल्याण्डका रवि बोपाराजस्ता स्टारको सहभागिताका कारण पनि एनपिएलले सुरुवातदेखि नै चर्चा पाएको हो ।

लिगको बीचमा वेस्ट इण्डिजका महान् क्रिकेटर ब्रायन लाराको आगमनले एनपिएलले थप उचाइ लियो । अब भने एनपिएल पहिलो संस्करणको विजेता पाउने संघारमा पुगेको छ । उपाधिमाथि सुरुदेखि दाबेदारी दिइरहेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्ने भएका छन् । त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले निराश पार्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । अब फाइनलमा एकपटक फेरि नम्बर १ र २ टोलीको प्रतिस्पर्धा हुनेछ ।

यो फाइनल विशेष हुनेछ, किनकि सुदूरपश्चिमसँग जनकपुरका लागि बदला लिने अवसर हुनेछ भने सुदूरपश्चिमले आफ्ना नजिकका प्रतिस्पर्धीविरुद्ध जितको ह्याट्रिक बनाउन चाहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *