अनामनगरस्थित कवाडी गोदाममा महानगरले चलायो डोजर (भिडिओ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित कवाडी गोदाममा डोजर चलाएको छ ।

शुक्रवार दिउँसो काठमाडौँ महानगरपालिकाले कवाडी गोदाममाथि डोजर चलाएको हो ।

महानगरपालिकाले गोदाममाथि डोजर चलाउँदा त्यहाँका मजदुरहरू र महानगर प्रहरी बिच भनाभन भएको छ ।

यसअघि नै महानगरपालिकाले उक्त स्थानबाट कवाडी गोदाम हटाउन भन्दै सूचना जारी गरिसकेको थियो । तर महानगर एक्कासि आएर डोजर चलाउँदा आफूहरूले पाकेको खाना समेत खान नपाएको मजदुरहरूको गुनासो छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *