शिव शंकर हाइड्रोको साधारण शेयर निष्कासनको लागि लक्ष्मी सन्राइज निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका २५,००,००० कित्ताले हुन आउने रु.२५,००,००,००० रकम बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।

शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेस्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेस्टमेन्ट प्रा. लि. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेस्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरूमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरू मध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आइसकेको र प्राथमिक शेयर निष्कासनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेको छ ।

शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडले साधारण शेयर निष्कासन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी रु.१ अर्ब ५ करोड पुग्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *