रवि लामिछाने विरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्धा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्धा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध आज मुद्धा दर्ता लागेको हो ।

लामिछाने विरुद्ध सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

पूरक जाहेरी लिएपछि पक्राउ परेका र हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे लगायत ३२ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट लामिछाने पक्राउ परेका थिए । उनी ६५ दिनदेखी प्रहरी हिरासतमा छन् । यसअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी भएको ठगी सम्बन्धमा शुक्रबार गितेन्द्र बाबु राई (जीबी राई) सहित १९ जनाविरुद्ध थप अभियोगमा पत्र दायर भइसकेको छ ।

कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *