जनकपुरले एनपिएलको ट्रफी उचालेपछि पर्सामा सार्वजनिक विदा

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज(आइतबार) सार्वजनिक बिदा दिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी जनकपुर बोल्ट्सले उचालेको खुसीयालीमा यहाँ आज सार्वजनिक विदा दिइएको हो ।

शनिबार बसेको कार्यपालिका बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको पालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो । मंसिर १५ गतेदेखि भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *