होण्डा NX200 विशेष मिडिया टेस्ट राइड सम्पन्न
काठमाडौं । होण्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रा लिले होण्डा NX200 विशेष मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ । ‘फ्रम सिटी लाईट्स टु माउनटेन हाईट्स, राईड इट अल’ भन्ने मुख्य नाराका साथ मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइएको थियो । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिंग अनुभूति प्रदान गर्दै होण्डाले टेस्ट राइड कार्यक्रम आयोजना गरेको थियो ।
टेस्ट राइड होण्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हत्तिवनको जङ्गल पार गर्दै हत्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुङ्गिएको थियो ।
यो सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई NX200 को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ ।
NX200 मिट एण्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाएका थिए । यसले बाइकको “एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ । बाइकमा रहेको यु.एस.डी (अपसाइड डाउन) गोलडेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले NX200 बाईकले अफरोड यात्राका लागि युवा पुस्तामाझ लोकप्रियता कमाएको छ ।
यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल ए.बि.एसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराईट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।