रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आइतबार विहान जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

उनीविरुद्ध आज सहकारी ठगी सहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गर्ने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा शुक्रवार सरकारी वकिल कार्यालयले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ६५ दिनदेखी प्रहरी हिरासतमा छन् ।

कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १ अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *