दरबारमार्गमा तरुण दलका नेताबाट कुटिए बैतडीका युवक

काठमाडौं । काठमाडौँको दरबारमार्गमा एक युवकमाथि कुटपिट भएको छ ।

बैतडी घर भई नैकाप बस्ने ३६ वर्षीय रमेश भट्टमाथि शनिवार बिहान कुटपिट भएको हो । लिक्विड लञ्ज बारमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका नेताहरूले उनीमाथि निर्घात कुटपिट गरेका हुन् ।

बिहान ३ बजेर १३ मिनेटमा शौचालयबाट निस्किएका बेला उनीमाथि कुटपिट भएको हो । होटेलकै केही स्टाफले छुटाउने प्रयास गरे पनि धेरै बेरसम्म भट्टमाथि कुटपिट भएको सिसिटिभी फुटेजमा देखिन्छ ।

कुटपिटबाट घाइते भएका भट्टको टाउकोमा चोट लागेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

युवकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल तरुण दलका नेतासहित ८ जनालाई पक्राउ गरेको दरबारमार्गका डिएसपी राजु कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई होटेलमा सुतिरहेकै अवस्थामा पक्राउ गरेको हो । उनीहरू यसअघि पनि गुण्डागर्दी गर्दै आएका थिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *