हङकङबाट आउँदा जहाजमै अचेत भएका यात्रुको मृत्यु

काठमाडौं । हङकङबाट नेपाल वायुसेवा निगमको जहाजमा काठमाडौं आएका एक यात्रुको मृत्यु भएको छ ।

हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत भएका ताप्लेजुङका देउमान लिम्बुको मृत्यु भएको हो ।

निगमको आरए ४०१ उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा उनी अचेत भएका थिए । काठमाडौं अवतरण गराउने वित्तिकै उनलाई हस्पताल लगिएको थियो । तर, उनलाई केएमसी अस्पतालले मृत घोषणा गरेको हो ।

निगमको इन्जिनियरिङ मर्मत विभागका उप निर्देशक मनोज कुमार साहले यात्रुको मृत्यु भएको पुष्टि गरे ।

‘जहाजमै अचेत भएको भनिएको छ, उनलाई काठमाडौं पुग्ने वित्तिकै अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको हो,’ उनले मकालुखबरसँग भने,‘शब आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।’

उनले मृतकको शबलाई आफन्तको जिम्मा लगाएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *