जनकपुर बोल्ट्सका समर्थकप्रति गरिएको हर्कत स्विकार्न सकिँदैन : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले जनकपुर बोल्ट्सका समर्थक प्रति गरिएको व्यवहार उचित नभएको बताएका छन् ।
उनले नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको रहेको बताउँदै यस्तो कार्यमा संलग्न सबैलाई कारबाही हुनुपर्ने बताएका छन् । उनले सरकारसँग नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेलाई तुरुन्तै कारबाही गर्न आग्रह गरेका छन् ।
उनले यस्तो हरकतहरू कुनै पनि बहानामा स्विकार्न नसकिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ । मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ । सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस् । यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ् नो बट !’