टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षक र विद्यार्थीको मृत्यु

काठमाडौं । टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु भएको छ ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोँचमा खसेर शिक्षिका र एक छात्राको शनिवार अपरान्हमा मृत्यु भएको हो ।

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत शिक्षिका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमायाँ तामाङले वताइन् ।

शनिवार विदाको दिन पारेर साथीहरू संग शिक्षिका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए ।

सोही खोलामा अपरान्ह टिकटक बनाउने क्रममा खोंचमा खसे पछि दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले जानकारी दिए ।

प्रहरीहरू घटना स्थलमै रहेको र मृतकको शव खोँच बाट निकालेर खोला बगरमा ल्याउने काम भैरहेको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *