२०२५ मा हँसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम

काठमाडौँ । कमेडी दरबारको टिमले २०२५ मा अमेरिकामा कार्यक्रम गर्ने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । २०२५ मा अमेरिकाका विभिन्न सहरहरूमा तीन कार्यक्रम वटा कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ । कार्यक्रमहरूमा अब सुन्छ अमेरिका, अब हाँस्छ अमेरिकाको पार्ट २ र अब गाउँछ अमेरिका रहेका छन् ।

अमेरिकामा रहेका नेपालीहरूको आग्रहमा कार्यक्रम गर्न लागिएको कलाकार विक्की अग्रवालले बताए । कार्यक्रममा गायिका रचना रिमाल, एलिना चौहान, स्ट्याण्डअप कमेडियन सुमन कार्की, गजलकार प्रदीप रोदन र कमेडी दरबारको टिमका सदस्यहरू बिक्की अग्रवाल, सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), मिस पबी, सुजाता श्रेष्ठ आदिको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *