भरत जंगमलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका उक्त सहकारीका पूर्व अध्यक्ष भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँको बानेश्वरस्थति साई स्वागत सहकारी ठगेको आरोपमा आज पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनलाई जिल्ला प्रहरी परसिर काठमाडौँको टोलीले काठमाडौँबाटै पक्राउ गरेको थियो । यस्तै सोही सहकारीका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवैजनालाई पक्राउ गरेर अदालतबाट म्याद लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *