संसद् सचिवालय पुग्यो रविको सांसद पद निलम्बनको पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको पत्र संसद्मा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रविको सांसद पद निलम्बन भएको पत्र पठाएको थियो । उक्त पत्र संसद् सचिवालयमा पुगेको प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनले पत्र प्राप्त भएको र अब निलम्बन प्रक्रिया सुरु गरिने बताए ।

रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर भएको छ ।

उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *