हनी ट्र्याप प्रकरण : इन्स्पेक्टर बिनु शाहीको हिरासतमा बास

काठमाडौँ । ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको हिरासतमा बास भएको छ । आइतबार थुनछेक बहस नसकिएपछि उनको बास हिरासतमा भएको हो ।

भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो । आइतबार बयान भएपनि समय अभावका कारण थुनछेक बहस भएको थिएन । बहस पुरा नभएपछि अदालतको आदेशले उनलाई हिरासतमा राखिएको हो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *