रास्वपालक्षित कानूनमन्त्रीको टिप्पणी- सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायालयलाई प्रभावित बनाएको आरोप लगाएका छन् ।

सोमवार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलाई प्रभावित बनाएको आरोप लगाए । उनले कानुनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए । उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताए ।

उनले भने ‘कानुनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ । तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ । यहाँ भएका न्याय सेवा, कानुन सेवाका मूर्धन्य व्यक्तित्वहरूलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्था छ । ठूलो सहादतबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई जसरी प्रहार गरिरहेको छ, हामी सबैको दायित्व छ । कसरी सुदृढ गर्न सकिन्छ ।’

कानूनमन्त्री चौरसियाले आफूहरूको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *