लामिछानेको हिरासतभित्रको फोटो खिच्ने भुषालमाथि अदालतले थपेन म्याद
मकालु खबर
२०८१ पुस ८ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलश भुषालको म्याद थप गर्न जिल्ला अदालत कास्कीले अस्वीकार गरेको छ ।
रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुषाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । तर, न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुने भएको छ ।
भुषाललाई पक्राउ गरी आइतबार बिहानै पोखरा ल्याइएको थियो ।
मकालु खबर
२०८१ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित