इन्सपेक्टर शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत ललितपुरले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अब उनी नियमित तारिखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न भएको आरोप शाहीलाई लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *