बालकोट हत्या प्रकरण : जेठा छोरा मिलन पक्राउ, बुबा र भाइको हत्या गरेको स्वीकार
मकालु खबर
२०८१ पुस ९ गते
काठमाडौँ । भक्तपुरमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् ।
सुर्यविनायक नगरपालिका २ बालकोट फिकाधारामा रहेको डेरामै बुवा र भाइको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सोमबार खोटाङका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य कोठामै मृत भेटिएका थिए । तर, सँगै सुतेका जेठा छोरा भने फरार रहेका थिए ।
बुवा र भाइको हत्या कूलप्रसादकै जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंका गरेको थियो । उनलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो ।
उनले बुवा र भाइको हत्या आफूले गरेको स्वीकार गरिसकेका प्रहरी जनाएको छ ।
मकालु खबर
२०८१ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित