एमालेबाट यसकारण निकालिए रावल,अब के गर्लान् ? [भिडिओ]

काठमाडौं । नेकपा एमालेले डा.भीम रावललाई पार्टीको संगठित सदस्यताबाट निष्काशन गरेको छ । बुधवार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टीको संगठित सदस्यताबाट निष्काशन गरेको हो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टी हितविपरित अभिव्यक्ति दिँदै हिँडेपछि उनलाई पार्टीको संगठित सदस्यताबाट निष्काशन गरिएको हो ।

‘महाधिबेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो,उपाध्यक्षमा आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो बैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो । त्यो सल्लाहकारको जिम्मेवारी पनि उहाँले पुरा गर्नुभएन । अभिव्यक्तिहरु पनि पार्टीलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई पार्टीको संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरिएको छ,’बैठकका निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने।

रावल १० औँ महाधिवेशनमा केपी शर्मा ओलीससंग अध्यक्ष पदमा चुवाव लेडेका थिए । उक्त चुनावमा उनी पराजित भएका थिए । नेकपा एमालेबाट निष्काशित भएसंगै अब डा.रावल के गर्लान् भन्ने चासोको विषय बनेको छ ।

पछिल्लो समय उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जान सक्ने समेत चर्चा सुनिन्छ । तर, नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्लान् वा के गर्लान् भन्ने चासोको विषय छ ।

यस्तै नेकपा एमालेले स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरिएको ज्ञवालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *