एकाबिहानै जाजरकोटमा भूकम्पको धक्का
मकालु खबर
२०८१ पुस ११ गते
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३६ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्प ४.२ म्याग्निच्युडको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।
मकालु खबर
२०८१ पुस ११ गते
प्रतिक्रिया