बिहानीपखको सौराहा (तस्बिरहरु)

सौराहा । पछिल्लो समय नेपालीहरूमा घुमफिर गर्ने प्रवृत्ति बिस्तारै बढ्न थालेको छ । हिजो आज विदेशीको तुलनामा नेपालीहरू पनि नयाँ-नयाँ स्थानहरूमा घुम्न जाने रमाइलो गर्ने, पैसा खर्च गर्ने गरेको पाइन्छ । यो सँगै नेपालको पर्यटनमा आन्तरिक पर्यटकले धेरै हिस्सा ओगट्न थालेका छन् ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश द्वार सौराहा हो । यहाँ सुरु सुरुमा विदेशी मात्र देखिन्थे । बदलिँदो समयसँगै सौराहा आन्तरिक पर्यटन गन्तव्य बन्दैछ । काठमाडौं र पोखरा पछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्य बनेको छ । प्रकृतिसँग नजिक हुन चाहने जो कोहीलाई सौराहाले तान्छ ।

सौराहा आउनुको मुख्य उद्देश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो । त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ । निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ । सबै भन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो ।

तस्बिरमा बिहानीपखको सौराहा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *