धनुषामा गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान पक्राउ

धनुषा । धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । मिथिला नगरपालिका-३ हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि हत्या गरी गाडिएको शव निकालिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतककी श्रीमान दशैया मुखिया बिनलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका क्रममा मदिराले लठ्ठिएका दशैयाले नै हत्या गरी शव गाडेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक साहले बताए ।

प्रहरीका अनुसार श्रीमान-श्रीमतीबीच दिनहुँजसो विवाद भइरहेको हुन्थ्यो । बुधवार दिउँसो १२ बजेसम्म पनि उनीहरुबीच विवाद भएको उनकी बुहारीले प्रहरीलाई बताएकी छन् । ‘श्रीमान रक्सीले लठ्ठिएका थिए । साँझतिर बुहारीले सासु कहाँ छन् भनेर सोधपुछ गर्दा घर पछाडि मारेर फालदिएको बताएछन् । त्यसपछि परिवारले प्रहरीलाई बोलाएछन्, खाल्डो खन्दा शव भेटियो,’ प्रहरी निरिक्षक साहले भने । शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *