हवल्दारसहित ३० प्रहरी सम्पर्कविहीन भएको सूचना
मकालु खबर
२०८१ पुस ११ गते
काठमाडौं । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूची सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।
गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन् ।
उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
मकालु खबर
२०८१ पुस ११ गते
प्रतिक्रिया