भारतविरुद्ध अस्ट्रेलियाको शानदार सुरुवात, चार ब्याट्सम्यानको अर्ध शतक
काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले शानदार सुरुवात गरेको छ ।
मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ ।
पहिलो दिन नै अघिल्लो क्रमका चार ब्याट्सम्यानले अर्धसतक प्रहार गरेका छन् । साम कोन्सटासले ६८, उस्मान खवाजाले ५७, मार्नुस लाबुस्चेनले ७२ र स्टेभन स्मिथले नटआउट ६८ रन बनाएका छन् ।
ट्रेभिस हेड शून्य रनमा बोल्ड हुँदा एलेक्स केरीले ३१ र मिचेल मार्सले ४ रन बनाए । स्मिथसँगै क्याप्टेन प्याट क्युमिन्स ८ रनमा क्रिजमा छन् ।
भारतका लागि जस्प्रित बुमराहले ३ तथा रवीन्द्र जडेजा र आकाश दीपले समान एक विकेट लिएका छन् ।
५ खेलको शृङ्खला १–१ को बराबरीमा छ । पहिलो टेस्टमा भारत २९५ रनले र दोस्रोमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।