सौराहामा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)
मकालु खबर
२०८१ पुस ११ गते
काठमाडौँ । पर्यटकीय नगरी सौराहामा १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।
बिहीबारदेखि सुरु भएको १८औं हात्ती तथा पर्यटन महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।
उक्त महोत्सवको आयोजना क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाले गरेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो ।
चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।
कार्यक्रमको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
मकालु खबर
२०८१ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित