तस्बिरमा कुमरोज वन सफारी गर्दा देखिएका दृश्यहरू
मकालु खबर
२०८१ पुस १२ गते
काठमाडौँ । यतिखेर पूर्वी चितवनमा अवस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा थुप्रै पर्यटकहरू आउने गरेका छन् ।
यहाँ विभिन्न जंगली जनावरहरूलाई नजिकैबाट नियाल्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो देखिन्छ ।
कुमरोज मध्यवर्ती सामुदायिक वनमा आउने धेरै पर्यटकहरूले जिप सफारी गरेर वन घुम्ने गरेका छन् । जिप सफारी गर्दा सुरक्षित र सहज रुपमा वन्यजन्तु हेर्न पाइन्छ । जसले गर्दा बाघ, गैँडा, मृग, मयुर र गोही जस्ता विभिन्न वन्यजन्तुहरूलाई नजिकै बाट नियाल्न सकिन्छ ।
यहाँ सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदीतटीय वन र सालका जंगल भएका रमणीय दृश्यहरू छन् । जसलाई अवलोकन गर्न दैनिक १०० भन्दा बढी जिप आउने गरेको छ ।
हेर्नुहोस् थप तस्बिरहरू :
मकालु खबर
२०८१ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित