म क्षेत्रीय पार्टी खोल्दिनँ : डा.भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले क्षेत्रीय पार्टी नखोल्ने बताएका छन् ।

उनले क्षेत्रीयतामा विश्वास नगर्ने बताउँदै क्षेत्रीय पार्टी नखोल्ने बताएका हुन् । उनले आफ्ना नजिकका कार्यकर्तासंगको छलफलका क्रममा यस्तो बताएका हुन् ।

उनले आफूलाई देशैभरका जनताले जनताको आवाज उठाउने व्यक्तिका रूपमा लिएको बताए ।

‘म क्षेत्रीयतामा विश्वास गर्दिनँ । मलाई देशभरका साथीहरूले उहाँहरूको आवाज उठाउने व्यक्तिका रूपमा लिनुभएको छ, यसलाई म सम्मान गर्छु । म क्षेत्रीय पार्टी खोल्दिनँ’ डा. रावलले भने ।

रावलको प्रेस सहयोगी एकीन्द्र कुँवरले डा. रावललाई एमालेले सदस्यबाट हटाएपछि अब के गर्ने भन्नेबारे छलफलमै रहेको बताए ।

उनले आफू निकटका नेताहरूसँग छलफल गरिरहेका उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *