उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा,को कहाँ ? [सूचीसहित]

काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको शुक्रवार सरुवा गरेको छ । परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।

न्याय परिषद् बैठकले उनीहरुको सरुवा तथा काज सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतमा रहेका न्यायाधीश खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरेको छ भने उनको स्थानमा विदुर कोइरालालाई ल्याइएको छ ।

यस्तै उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत हरिप्रसाद भण्डारीको उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *