रास्वपा सचिवालय बैठकले के-के गर्‍यो निर्णय ?

६० जिल्लामा जिल्ला भेला सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको विस्तारित बैठक यही पुष १९,२० र २१ गते बस्ने भएको छ । शुक्रवार बसेको रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरु मनोनीत गर्ने निर्णय समेत गरेको छ ।

बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङ घर भएका अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरिएको प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, कैन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रुपन्देहीका गोपाल घिमिरे र सिराहाका डा. विमल तिवारीलाई मनोनीत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *