जवानले आफ्नै निधारमा गोली हाने !
कञ्चनपुर । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाउँदा गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका हुन्।
जिप्रकाको प्रवन्ध शाखा (भण्डार कक्षा)को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई गोली हानेका थिए । टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढी स्थित नवजिव अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।
अहिले धनगढीबाट उनलाई थप उपचारको लागि नेपालगञ्ज रेफरको तयारी भइरहेको छ । ‘निधारको साइडबाट गोली पार भएको छ हड्डीमा लागेको छ भित्र रगत जमेको छ’, मेडिकल अफिसर भीष्मा भट्टले भनिन्, ‘थप उपचारको लागि नेपालगञ्ज लैजाने तयारी हुँदैछ ।