रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानी समकक्ष इल्हाम अलीयेभसँग फोन वार्ताको क्रममा रूसी हवाई क्षेत्रमा भएको घटनाको लागि माफी मागेका छन् । हालैको अजरबैजानी विमान दुर्घटनाको सन्दर्भलाई लिएर उनले माफी मागेका हुन् ।

अजरबैजानी विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको तर सो समयमा ग्रोज्नीले युक्रेनी ड्रोन आक्रमणको अनुभव गरिरहेकाले अवतरण गर्न नदिँदा दुर्घटना भएको बताए । पुटिनले पीडित परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरे ।

अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित एम्ब्रायर १९० विमान, बाकुबाट ग्रोज्नीका लागि उडान बुधवार कजाख शहर अक्ताउ नजिकै दुर्घटनाग्रस्त भएको थियो । जसमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा ३८ जनाको ज्यान गएको थियो भने २९ जनाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *