दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना, दुई जनाको जीबितै उद्धार

काठमाडौं । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।

उनिहरु मध्ये १ सय ७९ जनाको मृत्यु भएको छ । दुई जनाको जिवितै उद्धार गरिएको छ ।

जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको थियो । पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।

दुर्घटनाबाट उद्धार गरिएका दुई जनाबाहेक सबै बेपत्ताको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् ।

दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ । विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियाली नागरिक थिए ।

स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियर बिना नै अवतरण कोसिस गरेको देखाइएको छ । विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासी आगोको ज्वालो निस्किएको थियो ।

अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *