हेली एभरेस्टको हेलिकोप्टर चरासँग ठोक्कियो, साँगामा आकस्मिक अवतरण
मकालु खबर
२०८१ पुस १४ गते
काठमाडौँ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टर उडिरहेको चरासँग ठोक्किएको छ ।
लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा विपरीत दिशाबाट उडिरहेको चरासँग ठोक्किएको थियो । अहिले उक्त हेलिकोप्टर भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, उक्त हेलिकोप्टरमा ५ जना अमेरिकी नागरिक थिए ।
११ बजे भएको घटनामा हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेर सडक मार्गबाट काठमाडौं ल्याएको छ ।
अल्फा किलो गल्फ कलसाइन भएको हेलिकोप्टरलाई प्राविधिकहरूले जाँच गरेर मात्रै काठमाडौं ल्याइने बताइएको छ ।
मकालु खबर
२०८१ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित